राष्ट्रिय बिमा संस्थान चितवनले ५५ औ वार्षिकोत्सव मनायो

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १७ : १५
राष्ट्रिय बिमा संस्थान चितवनले ५५ औ वार्षिकोत्सव मनायो

चितवन । राष्ट्रिय बिमा संस्थान चितवनले आफनो ५५ औ वार्षिकोत्सव मनाएको छ । कार्यालयमा अभिकर्ताहरु संग छलफल गरी ५५ औ बार्षिक उत्सव कार्यक्रम मनाएको शाखा प्रबन्धक उषा सापकोटाले बताईन् । राष्ट्रिय बीमा संस्थानको स्थापना २०२४ साल पुस १ गते कम्पनी ऐनअन्तर्गत प्राइभेट लिमिटेड कम्पनीका रूपमा भएको हो । 

२०२५ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान ऐनअन्तर्गत संस्थानमा परिणत भएको थियो । यसले २०२४ साल फागुन ११ गते राजा महेन्द्रको रेनल्टकारको बीमा गरी आफ्नो कारोबार शुरु ग¥यो। कार्यक्रममा २०७७÷७८ को उतकृष्ठ अभिकर्तालाई सम्मान गरिएको थियो ।

सकुन्तला थापा लाई उत्कृष्ठ अभिकताको रुपमा सम्मान गरिएको र दोस्रो र तेस्रोमा श्याम प्रसाद अधिकारी र शान्ता कंडेल अधिकारी सम्मानित भएको  शाखाका सहायक तेज प्रसाद अर्यालले बताए । सो अवसरमा करारमा कार्यरत कर्मचारी सुदिप ढकाललाई नगद सहित सम्मान गरिएको थियो । संस्थाले २०७६ साल भाद्र २३ गतेदेखी चितवनमा पोलिसी जारी गरेको हो ।  

यो नेपालको एक मात्र सरकारी बिमा संस्थान हो । नारायणगढ शाखा देशको सबै भन्दा उत्कृष्ठ शाखाका रुपमा समेत सम्मानित भएको छ । 


 

प्रतिक्रिया दिनुहोस