काठमाडौं । नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ ।उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन परिषद्ले आह्वान गरेको हाे ।
बुद्धिजिवी परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको जोडबलमा संघीय प्रतिनिधि सभामा एमसीसी प्रस्ताव दर्ता भई सकेकोमा हरेक स्वाभिमानी देशभक्त जनप्रतिनिधिले संसदमा बृहत् छलफल गरी राष्ट्रियतामाथि आँच आउने बँुदाहरू संशोधन गरेर मात्रै संसदबाट पारित गरिनु पर्छ । यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।’
साथै, जारी विज्ञप्तिमा सम्पूर्ण देशभक्त बुद्धिजीवीहरूलाई राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमानको पक्षमा एकजुट भई दृढतापूर्वक उभिन हार्दिक आव्हान गरिएको छ । एमसीसीका विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी प्रसासनले गरेको दमनको घोर भर्त्सना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत परिषद्ले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसी परियोजना नेपालकै प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'