काठमाडौंको फुटुङमा बर्डफ्लू भेटियो, पाँच हजार कुखुरा नष्ट

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १४ : १९
काठमाडौंको फुटुङमा बर्डफ्लू भेटियो, पाँच हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौं   जिल्लाको तारकेश्वर नगरपालिका-७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ।वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखरा नष्ट गरिएको छ। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको  छ।

यसअघि, सरकारले  चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा-३  गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो।

बर्डफ्लु पक्षीबाट मानिसमा सर्न सक्ने भएकाले थप जोखिम हुन नदिनका लागि बर्डफ्लु देखिएपछि सरकारले हाँस, कुखुरा, टर्की जस्ता पक्षीहरूलाई नष्ट गर्ने गर्दछ। 

प्रतिक्रिया दिनुहोस