एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री खाण पुगे बालकोट

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १० : ४९
एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री खाण पुगे बालकोट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि कांग्रेस र एमालेबीच संवाद बाक्लिएका बेला गृहमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई उनकै निवासमा पुगेर भेटेका हुन् ।

यसअघि मंगलवार साँझ बालुवाटार पुगेर एमाले नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा कुनै सहमति भएको चर्चाका बीच गृहमन्त्री बालकोट पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस