एजेन्सी । रुसले युक्रेनमा आफ्ना कूटनीतिक नियोगबाट कर्मचारी हटाउने भएको छ । रुसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वीयुक्रेनमा रुसी फौज परिचालन गर्न अनुमति दिएको थियो ।
‘(कूटनीतिज्ञहरु) को जीवन रक्षाका लागि युक्रेनमा रहेका रुसी विदेशी नियोगका कर्मचारीहरूलाई हटाउने निर्णय रुसी नेतृत्वले गरेको छ । निकट भविष्यमा नै यो कार्यान्वयनमा आउनेछ,’ मस्कोका विदेशमन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
कूटनीतिज्ञहरूलाई धम्की आएको र दूतावास बारम्बार आक्रमणअन्तर्गत रहेको विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेन अराजकताको भासमा डुबेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रुसले युक्रेनमाथि हमलाको योजना बनाएको भन्दै अमेरिकाले बताइरहेका बेला धेरै पश्चिमी दूतावासहरू युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमा नजिकैको लभिभ सहरमा सारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ फागुन २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु