एजेन्सी । रुसले युक्रेनमा आफ्ना कूटनीतिक नियोगबाट कर्मचारी हटाउने भएको छ । रुसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वीयुक्रेनमा रुसी फौज परिचालन गर्न अनुमति दिएको थियो ।
‘(कूटनीतिज्ञहरु) को जीवन रक्षाका लागि युक्रेनमा रहेका रुसी विदेशी नियोगका कर्मचारीहरूलाई हटाउने निर्णय रुसी नेतृत्वले गरेको छ । निकट भविष्यमा नै यो कार्यान्वयनमा आउनेछ,’ मस्कोका विदेशमन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
कूटनीतिज्ञहरूलाई धम्की आएको र दूतावास बारम्बार आक्रमणअन्तर्गत रहेको विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेन अराजकताको भासमा डुबेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रुसले युक्रेनमाथि हमलाको योजना बनाएको भन्दै अमेरिकाले बताइरहेका बेला धेरै पश्चिमी दूतावासहरू युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमा नजिकैको लभिभ सहरमा सारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ फागुन २०७८, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने