युक्रेन संकट - बढ्यो तेलको मूल्य

एजेन्सी

मंगलबार, १० फागुन २०७८, १४ : ३७
युक्रेन संकट - बढ्यो तेलको मूल्य

एजेन्सी । युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।

बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस