काठमाडौं । सुनसरीमा विभत्स अवस्थामा भेटिएको लासको सनाखत भएको छ । प्रहरीले लासको स्केच बनाई सार्वजनिक गरेपछि मृतकका परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको प्रहरीले जनाएको छ ।
उनको शव गत बुधबार धरान ४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा एउटा जेब्रा झोलामा पालिएको अवस्थामा फेला परेको छ । झोला भित्र टाउको र खुट्टा फेला परेको थियो । मृतकको घाँटीभन्दा माथि टाउकोको भाग र तिघ्रामुनिदेखिको दाहिने खुट्टा भएको अनुसन्धान टोलीले पुष्टि गर्यो।
बाँकी अंग खोज्न खटिएको टोलीले अर्को ठाउँमा जेब्रा झोलामा प्याक गरेको अवस्थामा शरीरका बाँकी भाग फेला पार्यो। निकै दिनदेखि सडेको शव भएकाले प्रहरीले मानिस चिन्न सकेन। प्रहरीले टाउको गिँडेको अवस्थामा शव फेला पारेको थियो।
शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो। त्यही प्रहरी स्केच बनाएर गत फागुन ५ गते प्रहरीले सार्वजनिक गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला