एजेन्सी । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन् ।
रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।
‘मुख्य विषयः प्रतिबन्ध । उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन् । उनी वांसिटन भ्रमणमा जाँदैछन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० फागुन २०७८, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने