एजेन्सी । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् ।
पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।
घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ । पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० फागुन २०७८, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु