एजेन्सी । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीद्वारा नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् ।
पृथकताबादीले नियन्त्रणमा लिएका स्वघोषित जनगणतन्त्र दोनेत्स्क र लुहान्सकलाई राष्ट्रपतिले स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । यी दुबै क्षेत्रमा विद्रोहीको पकड छ । उनीहरूले युक्रेनी सेनासँग सन् २०१४ देखि लडिरहेका छन् ।
घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा शान्ति कायम गर्न भूमिका निर्वाह गने उल्लेख छ । पुटिनको घोषणासँगै उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुन सक्ने रुसी सेनाले सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
एउटा टेलिभिजन सम्बोधनमा युक्रेनसँग सच्चा राष्ट्रको इतिहास नभएको बताए । पुटिनको कदमको अमेरिका, नेटो गठबन्धन फौजलगायत अन्तर्राष्ट्रिय जगतले निन्दा गरेका छन् । युक्रेनी राष्ट्रपतिले कसैसँग नझुक्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० फागुन २०७८, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने