एमसिसी आजै संसदमा टेबल हुन्छ : प्रवक्ता कार्की

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १२ : १३
एमसिसी आजै संसदमा टेबल हुन्छ : प्रवक्ता कार्की

काठमाडौँ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसी आज सार्वभौभ संसदमा टेबुल हुने स्पष्ट पारेका छन्।

सत्ता गठबन्धनको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सरकारका प्रवक्ता कार्कीले आज हुने संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल हुने जानकारी दिएका हुन्।

‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस