खोटाङ । खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।
ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडौं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।
ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
चितवनको भरतपुर महानगरपालिका(६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु