सडक बत्तीहरूको बक्यौता महसुल तिर्न अटेरी गर्दै स्थानिय तह

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, ०८ : ५९
सडक बत्तीहरूको बक्यौता महसुल तिर्न अटेरी गर्दै स्थानिय तह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति लिई स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका) वा उपभोक्ता समूहहरूले जडान गरेका सडक बत्तीहरूको बक्यौता महसुल तिर्न अटेरी भएको पाइएको छ । प्राधिकरणले एक सूचना नै जारी गर्दै बक्यौता तिर्न ताकेता गरेपछि यस्तो खुलासा भएको हो । 

प्राधिकरणले आइतबार जारी गरेको सूचनामा बक्यौता पछिल्लो समयमा बद्धि हुँदै गएको, केही स्थानीय तहहरूले मासिक विद्युत बिल समर्थन गर्न समेत आनाकानी गर्ने गरेको पाइएको उल्लेख गरेको छ । 

प्राधिकरणले सडक बत्ती प्रयोग गरे बापत जारी भएका विद्युत बिलहरू समयमै भुक्तानी गर्न तथा बिल समर्थन गर्न बाँकी रहेका स्थानीय तह तथा उपभोक्ता समूहहरूले नियमानुसार संयुक्त प्रमाणीकरण गरी बिल समर्थन गरी यथाशीघ्र विद्युत महसुल भुक्तानी गर्न अनुरोध गरेको छ । 
सूचना जारी भएको मितिले १५ दिनभित्र बक्यौता बुझाउन पनि प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया दिनुहोस