काठमाडौं । हाल देशको मौसममा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली लागेको छ । साथै तराईका केही भूभागमा हुस्सु तथाकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै भूभागको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ। दिउँसो र राति नै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना