जनता कृषि सहकारीको सेवाकेन्द्र हाकिमचोकमा शूभारम्भ

सफल खबर संवाददाता

शनिबार, ०७ फागुन २०७८, १७ : २८
जनता कृषि सहकारीको सेवाकेन्द्र हाकिमचोकमा शूभारम्भ

भरतपुर । भरतपुर महानगरपालिका वडा न ३ शहिदचोकमा प्रधान कार्यालय रहेको जनता कृषि सहकारी संस्था लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भरतपुर ९ को हाकिमचोकमा सेवा केन्द्र विस्तार गरि शनिबारबाट शुभारम्भ गरेको छ । 

सेवा शूभारम्भ कार्यक्रमको भरतपुर मगानगरपालिका सहकारी शाखा प्रमुख रामबाबु पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथियमेत रहेका पौडेलले सहकारीहरू ब्यावस्थित र मर्यादित हुनुपर्ने बताउदै सहकारिको मुल मान्यतालाई अधिकतम उपयोग गरी प्रभावकारी रूपमा संचालन गर्न आग्रह गर्दै बिस्तारित सेवा केन्द्रको सफलताको शूभकामना ब्याक्त गरेका थिए ।

 रिवन तथा केक काटेर उदघाटन गरियको सेवाकेन्द्र भरतपुर महानगरपालिका वडा न ९ को हाकिमचोकमा रहेको छ । 

कार्यक्रममा   जनप्रतिनिधिहरू, सहकारी अभियान्ताहरूकासाथै  स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो। संस्थाले आजबाटै मोवाईल बैकिंग सेवा समेत सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख व्यवस्थापक तोरण सुवेदीले जानकारी दिए ।  स्थापना काल देखि नै भरतपुरमहानगरपालिका वडा न ३ बाट सेवा प्रवाह गर्दै आयको  सहकारी संस्थाको यो पहिलो सेवाकेन्द्र समेत रहेको सुबेदिले बताए ।

प्रतिक्रिया दिनुहोस