गैडाकोट । शहर नजिक बसेर पनि विकासको अनुभुती गर्न नपाएका नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्वर ३ का बासिन्दाले अब भने जिवन फेरिएको महशुस गर्न थालेका छन् । प्रदेश र स्थानिय सरकारले गाउँमा सडक र खानेपानीका लागी उचित ब्यवस्था गरेपछी स्थानियमा केही सहज महसुस गर्न थालेका छन् ।
नगरपालिकाले खानेपानी र सडकको बिस्तार गरेपछी वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका आफुहरुलाई सहज हुने ढोडेनीकी मोती कुमारी कुँवरले बताईन् । महाभारत पर्वत श्रृखला अन्तर्गत पहाडको पाखामा बसेका स्थानियहरु बिगत कैंयौ वर्ष देखी खानेपानीको समस्यामा रहेका थिए ।
सुख्खा डाँडामा बस्ती बसेका कारण पानीको अभाव हँदा अन्न उब्जाउनका साथै खानेपानीको लागी समेत धेरै ठुलो पिडा स्थानियले भोग्ने गरेका थिए । स्थानिय सरकार बनेपछि भने गैडाकोट नगरपालिका र प्रदेश सरकारले वडा नम्वर ३ मा मात्रै ७ करोड लागतमा चारवटा ओभरहेड ट्यांकी निर्माण गरेर वडावासीलाई खानेपानी वितरण को तयारी थालेको छ ।
गैँडाकोटको वडा नम्बर ३ मा नगरस्तरीय योजना अन्तर्गत ४० लाखका दुई वटा खानेपानी योजना तथा प्रदेश योजना अन्तर्गत करिब साढे ६ करोडका थप दुईवटा योजना सञ्चालनमा रहेको गैडाकोटका नगर प्रमुख छत्रराज पौडेलले बताए ।
ओभरहेड ट्यांकीबाट पानी पु¥याउन अप्ठ्यारो रहेको ठाउँमा समेत लिफ्टिङ गरेर सिँचाई सहित खानेपानीको सुविधा पु¥याउने तयारी गरिएको छ । खानेपानीको आयोजना सन्चालन पछि भने सिचाईका लागी पनि सहज हुने अन्न फलफुल,तरकारी गाउँमै फल्ने स्थानियले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
शनिबार, ०७ फागुन २०७८, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न