काठमाडौं । पर्सामा रहेको हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना७त ५३७८ नम्बरको ट्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।
पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने रामकुमार तामाङ घाइते भएका छन् । तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु