काठमाडौं । पर्सामा रहेको हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा एक जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना७त ५३७८ नम्बरको ट्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।
पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने रामकुमार तामाङ घाइते भएका छन् । तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु