एमसीसीको विरोधमा माओवादी कार्यकर्ताले गरे प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, १२ : ४२
एमसीसीको विरोधमा माओवादी कार्यकर्ताले गरे प्रदर्शन

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।

माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।बानेश्वरमानेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई एभरेष्ट होटल नजिकको सडकमा रोकेको छ ।

प्रतिक्रिया दिनुहोस