एमसीसी विवाद : सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, ०८ : ०१
एमसीसी विवाद : सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । एमसीसीबारे सहमति जुटाउने प्रयासस्वरुप सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि शुक्रबार पनि बैठक बोलाइएको हो । 

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहान १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । बिहीबारको बैठकमा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी अघि बढ्न नसक्ने अडान लिएको थियो भने नेकपा एकीकृत समाजवादीले ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।  तर, देउवाले एमसीसीमा पर्खिन नसक्ने बताएका छन्
 

प्रतिक्रिया दिनुहोस