काठमाडौँ । सरकार शुक्रबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा छ । त्यसका लागि गठबन्धनभित्र सहमति जुटाउन प्रयास भइरहेको एक मन्त्रीले बताए । ‘यो अन्तिम प्रयास हो, सकारात्मक छलफल भइरहेको छ । हामी सकेसम्म राष्ट्रिय सहमतिको प्रयास गरिरहेका छौँ’ ती मन्त्रीले भने ।
उनका अनुसार गठबन्धनमा एकमत नभएपनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ। त्यसका लागि प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन् ।
सरकारले बुधबारको बैठकमै टेबल गर्न प्रस्ताव गरेपनि गठबन्धनभित्रको विवादले प्रधानमन्त्री देउवा अन्तिम समयमा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए । गठबन्धनमा कांग्रेसबाहेक सबै दल एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्