पशुपतिका भित्तामा भगवानका चित्र बनाउन मन्त्री आलेको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १५ : १७
पशुपतिका भित्तामा भगवानका चित्र बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा भगवान् शिव तथा देवीदेवताका चित्र बनाउन निर्देशन दिएका छन । हिजो साँझ पशुपति क्षेत्रको निरीक्षण गर्न पुगेका आलेले पशुपति विकास कोषका पदाधिकारीलाई उक्त निर्देशन दिए ।

महाशिवरात्रि आउँदै गर्दा उहाँबाट पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न निर्देशन आएको हो । “महाशिवरात्रि पर्व आउँदै छ,पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला”,उनको भनाइ छ ।

अनुगमनका क्रममा मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा,पसल व्यवस्थित ठाउँमा तत्काल सार्न पनि निर्देशन दिए । उनले पशुपति परिसरमा सरसफाइ,जीर्णोध्दार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस