प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १४ : ०२
प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । सरकारले बुधबार अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेपछि एमसीसी टेबल हुन सकेन ।

संसदमा एमसीसी टेबल नभएपछि बुधबार साँझ नै अमेरिकी राजदूतले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।  प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले अमेरिकी राजदूतसँग भेट भएको पुष्टि गरे ।


 

प्रतिक्रिया दिनुहोस