काठमाडौं । सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन् ।
‘अध्यक्ष उपेन्द्र यादवज्यु गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले भने ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका एस (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो ।
सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव