कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टीएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु