कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टीएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु