काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो।
निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो ।
स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपीठ भएको थियो । तर सर्वोच्चले निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग
निर्वाचनका लागि बैंक खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैंकलाई पत्राचार
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने