भरतपुर १२ का भुमिहिनले पाए मेयर दाहालबाट जग्गाको निस्सा

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, २० : ४५
भरतपुर १२ का भुमिहिनले पाए मेयर दाहालबाट जग्गाको निस्सा

चितवन । राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानिय तहहरुमा जग्गाको निस्सा बाड्ने अभियान तीव्र पारेको छ । 

भुमिहिनहरुलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सासगौ जग्गा नाँपजाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सीनाले जानकारी दिए । 

सोही अभियान अन्र्तगत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीना र वडा अध्यक्ष नरेन्द्र कन्दवाले संयुक्त रुपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन् । 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजांचको कार्यलाई पनि तिब्र ढंगले अगाडी बढाई जति सक्दो छिटो भुमिहिनलाई भुमिपति बनाईने बताइन ।

“सुकुम्बासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा तीव्र रुपमा काम गरिरहेका छन् उनले भनिन् अहिले ७ वटा वडामा काम भईरहेको यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ । ”

यस्तै उपमेयर पार्वती शाहले आफुहरुले गेको बाचा अनुसार नस्सा वितरणसगैँ लालपूर्जा वितरण गर्न पाउदा निकै खुसी लागेको बताईन् । जग्गाको निस्सा पाएपछि स्थानियबासी उत्साहित भएका थिए ।

सो अवसरमा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सीनाले अब बोलेर मात्र नभई चितवनभरका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेर देखाउने बताए । तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे  । 

प्रतिक्रिया दिनुहोस