मछिन्द्रले जित्यो ‘ए’ डिभिजन लिगको उपाधी

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १५ : ०४
मछिन्द्रले जित्यो ‘ए’ डिभिजन लिगको उपाधी

काठमाडौं । दुईखेल अगावै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी जितेको छ।

बुधबार दशरथ रंगाशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोलको नतिजामा पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । गत सिजन पनि मछिन्द्रले नै उपाधि जितेको थियो ।

मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रूजोभले खेलको ५३औं मिनेटमा निर्णायक गोल गरे । सुनिल बलको क्रसमा देबेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपरले राम्ररि क्लियर गर्न नसक्दा बल नुर्लानको खुट्टामा पुगेको थियो । 

जतसंगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जोडेको छ। दोस्रो स्थानको मनाङले बाँकी तअंन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्रनै च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस