एमसीसीको विरोधले बानेश्वर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १४ : ४१
एमसीसीको विरोधले बानेश्वर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

एमसीसी टेबल गर्न तयारी भएपछि नेकपमा माओवादी केन्द्र र नेकपा समाजवादी(एस)का कार्यकर्ता र विप्लवसहितका ६ दलका भातृ संगठनले छुट्टा-छुट्टै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था सिर्जना भएको हो । प्रहरीले अश्रुग्याँस प्रहार गरेकाे छ ।आन्दोलनकारीले बा १ ग २११४ नम्बरको प्रहरीले भ्यानमा तोडफोड गरेका छन् । आन्दोलनकारी निषेधित क्षेत्र तोडेर बानेश्वर चोकमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस