बलिवुडमा व्यभिचार

‘मेरो लुगाभित्र हात हालेर जब उनले मेरा लुगा फुकाल्न सुरु गरे, तब मैले प्रतिकार गरें’

एजेन्सी

सोमबार, २४ बैशाख २०७५, ११ : ५०
‘मेरो लुगाभित्र हात हालेर जब उनले मेरा लुगा फुकाल्न सुरु गरे, तब मैले प्रतिकार गरें’

प्रतिकात्मक चित्र

मुम्बई  l भारतको स–साना गाउँ र शहरबाट हरेक वर्ष हज्जारौं युवती फिल्म स्टार बन्ने सपना बुनेर मुम्बई भित्रिने गर्छन् । तर केहीका लागि मुम्बई गएर बलिउडमा आफ्नो भाग्य चम्काउने रहर एक नराम्रो सपना बन्ने गर्दछ । बीबीसी संवाददाता रजिनी वैद्यानाथन र प्रतिक्षा घिल्डियालले यस्ता थुप्रै अभिनेत्रीसँग कुरा गरेका छन् जसले कास्टिङ एजेन्ट र निर्देशकद्वारा यौन शोषणको सामना गर्नुपरेको बताएका  छन् ।

६ वर्ष अघि सुजाता (परिवर्तित नाम) ले आफ्नो रुढिवादी परिवारलाई गाउँ छोडेर मुम्बई गएर नायिका बन्ने अनुमती दिनका लागि मनाइन् । त्यतिबेला सुजाता १९ वर्षकी थिइन् । उनीसँग अभिनय कला कम थियो । कसैसँग सम्पर्क  थिएन । तर सुजाताको चाँडै नै ती मानिसहरुलाई भेट्न थालिन् जसले फिल्म इन्डष्ट्रिमा प्रवेश गर्ने तरिका सिकाउँथे ।

यस्तै व्यक्तिमध्ये एक कास्टिङ एजेन्टले सुजातालाई आफ्नो अपार्टमेन्टमा भेट्न बोलाए । सुजातालाई उनको बोलावट नराम्रो लागेन किनभने यस्तो भेटघाट घरमा हुनु सामान्य थियो । तर उनीमाथि जे भयो त्यो भने निकै पीडादायी भयो ।

पीडादायी अनुभव
सुजाता भन्छिन्, ‘ती व्यक्तिले मलाई जता मन लाग्यो त्यतै छोए । मेरो लुगाभित्र हात हालेर जब उनले मेरा लुगा फुकाल्न सुरु गरे तब मैले प्रतिकार गरें ।’

‘त्यसपछि उनले मेरो एटिट्युड बलिउडका लागि ठिक नभएको बताए ।’ बीबीसीसँग सुजातको भनाईलाई पुष्टि गर्ने कुनै तरिका छैन तर सुजाताका अनुसार अभिनयको काम हाँसिल गर्नका लागि उनले थुप्रै पटक यौन शोषणको सामना गरिसकेकी छिन् ।

एकपटक उनी आफ्नो समस्या लिएर पुलिस थाना पनि पुगेको तर कसैले पनि उनको समस्या नसुनेको बताइन् । उनी भन्छिन्, ‘‘फिल्मी क्षेत्रका मानिसहरुलाई जे मन लाग्यो त्यो गर्न सक्छन्’ भनेर उल्टै मलाई गाली गरेर पठाइयो ।’

सुजाताले बीबीसीसँग उनको पहिचान लुकाउन आग्रह गरिन् किनभने उनी यसबारे खुलेर कुरा गर्न डराउँछिन् ।

यदि कुनै अभिनेत्रीले यस्तो कुरा गरे उनलाई चर्चा बटुल्नका लागि गरेको भन्ने आरोप लाग्छ । यसले उनको छवि खराब हुने सुजाताको मान्यता छ ।

यद्यपी, भारतीय फिल्म इन्डष्ट्रिमा रोलको बदलामा सेक्सुअल फेभर्स माग्नु सामान्य भएको धेरैको मान्यता छ ।

बीबीसीले लगभग एक दर्जन युवा अभिनेत्रीसँग कुराकानी गर्यो । फिल्ममा भूमिका पाउनका लागि भद्दा टिप्पणीदेखि यौन शोषणको सामना गर्नुपरेको ती अभिनेत्रीले सुनाए ।

ती अभिनेत्रीले आफ्नो पहिचान लुकाउन अस्विकार गरे किनभने उनीहरुलाई झुटो बताइने हो कि वा यसका लागि बदला झेल्नुपर्छ कि भन्ने डर छ ।

राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित फिल्म अभिनेत्री उषा जाधव ती महिलामध्ये एक हुन् जसले यौन शोषणको अनुभवबारे सार्वजनिक रुपमा कुरा गर्न थालेकी छिन् ।

आफ्नो कहानी थाहा पाएर अन्य अभिनेत्रीले पनि यस्ता अनुभव साझा गर्ने आँट गर्ने आशा उषाले व्यक्त गरेकी छिन् ।

उषा जब पहिलो पटक मुम्बई आइन् तब उनलाई काम पाउनका लागि निर्माता–निर्देशकसँग ‘सुत्नु’ पर्ने बताइयो ।

आफूमाथि घटित एक घटनाबारे स्मरण गर्दै उनी भन्छिन्, ‘हामीले तपाईंलाई केही दिइरहेका छौं, तपाईंले पनि यसको साटो केही दिनुपर्छ ।’

उषाका अनुसार फिल्म इन्डष्ट्रिमा केही युवतीलाई लाग्छ कि उनीहरुसँग सहमती जनाउनुबाहेक दोस्रो विकल्प छैन ।

आफूले सधैं यस्ता प्रस्तावलाई अस्विकार गरेको जसका कारण विभिन्न धम्की पाएको उषा सम्झिन्छिन् । उनी भन्छिन्, ‘मैले एक निर्देशकको अफर अस्विकार नगरेकाले उनले मलाई कहिले पनि आफ्नो फिल्ममा नलिने बताए ।’

‘उनले मलाई गाली गर्दै मैले कहिले पनि राम्रो रोल नपाउने बताए । मैले पनि ‘यसका लागि तँसँग त्यतिधेरै ताकत छैन’ भनीदिएँ ।’ उनले भनिन् ।

कति शक्तिः

बीबीसीसँगको कुराकानीमा फिल्म अभिनेत्री राधिका आप्टेले यस्तो कुरा जन्मनुको पछाडि शक्ति नै एक मुख्य कारक भएको बताउँछिन् ।

फिल्म इन्डष्ट्रिका थुप्रै ठूला नाम अहिलेसम्म यो मुद्दामा चुप बसेका छन् तर राधिका आप्टेले यो मुद्दामा सार्वजनिक हुने निर्णय गरेकी छिन् ।

उनको पछिल्लो चलचित्र प्याडम्यान हो । यो फिल्ममा एउटा यस्तो पुरुषको कहानी बताइएको छ जो महिलाका लागि सस्तो स्यानिटरी प्याड बनाउने गर्दथे । राधिका आप्टे अनस्क्रिन र अफस्क्रिन दुबै ठाउँमा महिलाको अधिकारको कुरा राख्ने गर्छिन् ।

उनी भन्छिन्, ‘मैले यसबारे खुलेर बोल्न सुरु गरें । म इन्डष्ट्रिका ती महिलाको स्थिती पनि बुझ्छु र ती माथि दया पनि जाग्छ जो यी मुद्दाबारे बोल्न डराउँछन् । ’

राधिकाका अनुसार बलिउडमा प्रवेश गर्नका लागि कुनै सरल र निर्धारित तरिका छैन । यसै कारण महिला अभिनेत्रीमाथि यस्तो प्रकारको घटना हुने गरेको उनी बताउँछिन् ।

राधिका भन्छिन्, ‘भारतीय फिल्ममा एउटा मौका मात्र पाउन निकै गाह्रो हुन्छ । यसका लागि हाम्रो नीजि सम्पर्क, समाजमा हाम्रो पहुँच र हामी कस्तो देखिन्छौं यी सबैले महत्व राख्छ । जबकी हलिउडमा यसको एक औपचारिक प्रक्रिया हुन्छ जसमा अभिनय स्कूलमा भर्ना हुनु र त्यसहाँबाट स्टेज शोमार्फत फिल्ममा काम पाइन्छ ।’

हलिउडजस्तै बलिउडमा पनि ३ःभत्यय जस्ता क्याम्पेन चलोस् भन्ने राधिकाको चाहना छ । यद्यपी, जबसम्म निकै चर्चित मानिसले पीडितको समर्थनमा नआएसम्म यस्तो हुन सम्भव नभएको पनि उनी बताउँछिन् ।

‘युवा निर्धक्क बोल्दैनन्’
बलिउडकी अर्की चर्चित अभिनेत्री कल्की काइचलिनले बीबीसीसँग यस मुद्दामा आफ्नो विचार साझा गरिन् । कल्की बाल्यकालमा आफूमाथि भएको यौन शोषणबारे पहिले नै निकै खुलेर कुरा गरिसकेकी छिन् ।

उनी भन्छिन्, ‘मलाई ती युवा अभिनेता र अभिनत्रीमाथि दया लाग्छ जो आफूमाथि भइरहेको गलत व्यवहारबारे खुलेर कुरा गर्न सक्दैनन् ।’

कल्की थप्छिन्, ‘यदि तपाईंको कुनै पहिचान छैन भने कसैले पनि तपाईंलाई सुन्न चाहँदैनन् तर यदि तपाईं सेलिब्रिटी हुनुहुन्छ र तपाईंले यसबारे केही बोलिरहनुभएको छ भने यो ठूलो हेडलाइन बन्ने गर्छ ।’

तर उत्पीडनको यो मसला बलिउड बाहिर पनि फैलिएको छ । भारतमा एक ठूलो फिल्म बजार छ जहाँ विभिन्न भाषामा फिल्म बन्ने गर्दछ र यी क्षेत्रीय सिनेमामा काम गर्ने महिला कलाकार पनि अब आफूमाथि भएको उत्पीडनबारे बोल्न थालेका छन् ।

केही समय अघि दक्षिण भारतको तेलुगु फिल्म इन्डष्ट्रिकी एक अभिनेत्री श्रीरेड्डीले उनीमाथि भएके कास्टिङ काउचको विरोध गर्दै एक फिल्म असोसिएशनको परिसरमा सार्वजनिक रुपमा आफ्नो कपडा उतारेकी थिइन् । सुरुवातमा त यसलाई सस्तो लोकप्रियता पाउने एक तरिका भनियो र थुप्रै स्थानीय कलाकार असोसिएशनले उनीमाथि प्रतिबन्ध पनि लगाइदियो ।

तर राष्ट्रिय मानवाधिकार आयोगको विरोधपछि उनीमाथि लगाइएको प्रतिबन्ध हटाइयो । अब तेलुगु फिल्म इन्डष्ट्रिले यसबारे अनुसन्धानका लागि यौन उत्पीडन कमिटी बनाएको छ ।

श्रीरेड्डीले बीबीसीसँगको एक अन्तर्वार्तामा भनिन्, ‘यदि इन्डष्ट्रिका मानिसहरुले मेरो नग्न तस्बिर मागिरहेका छन् भने म सार्वजनिक रुपमा नग्न हुँदा के आपत्ति रु’

केही समय अघि एक युवा अभिनेत्रीको कथित रुपमा अपहरण गरियो र गुडिरहेको कारमा उनीमाथि यौन उत्पीडन पनि भएको थियो । उक्त घटना सार्वजनिक भएपछि दक्षिण्ी राज्य केरलले फिल्मी इन्डष्ट्रिमा महिलाको हितका लागि एक समूह गठन गरेको छ ।

तर यौन उत्पीडन महिलामा मात्र सिमित छैन ।

पुरुष अभिनेताको आवाजः

बलिउडका अभिनेता रणबीर सिंहले सन् २०१५ मा एक अन्तर्वार्ताको क्रममा उनले पनि कास्टिङ काउचको सामना गर्नुपरेको बताए ।

उनी बलिउडका यस्ता पुरुष अभिनेता हुन् जसले उत्पीडनविरुद्ध आवाज उठाएका छन् । यसै गरी नायक, निर्देशक र गायक फरहान अख्तरले पनि यसबारे आफ्नो विचार खुल्ला रुपमा राखेका छन् ।

उनले MARD नामको एक अभियानको सुरुवात गरेका छन् । जसको अर्थ हो ‘मेन अगेन्स्ट रेप एण्ड डिस्क्रिमिनेशन’ । यस अभियानमार्फत भारतका विभिन्न शहर, गोवा र टाढाका इलाकामा यौन हिंसाप्रति जागरुकता फैलाइने गरिन्छ । (बीबीसी हिन्दी)

प्रतिक्रिया दिनुहोस