चितवनमा १५ देखि २० करोड बराबरको केरा नष्ट भएको अनुमान

सोमबार, २४ बैशाख २०७५, ११ : २६
चितवनमा १५ देखि २० करोड बराबरको केरा नष्ट भएको अनुमान

चितवन । आईतबार आएको हावाहुरीका कारण पुर्वी चिवतनमा १५ देखि २० करोडको केरा नष्ट भएको अनुमान गरिएको छ । असिना सहित आएको हावाहुरीले पुर्वी चितवनको कालिका नगरपालिको पदमपुरमा रहेको केरा खेती पुर्ण रुपले नष्ट गर्नुका साथै अन्य बालीमा पनि क्षति पुर्याएको छ ।
असिनाले कालिका नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म बढी क्षति र्पुयाएको छ । मुख्य गरि  मकै, तरकारी एवं फलफूलमा बढी क्षति पुर्एको छ ।  हावाहुरीका कारण केरा खेतीमा भएको क्षतिको तथ्याङक संकलनमा लागि सम्बन्धीत वडाका वडाध्यक्षहरुलाई लगाईएकाले एक दुई दिन भित्र पुर्ण विवरण आउने कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले जानकारी दिनुभयो ।
दैवी विपत्तीमा परेकाहरुलाई नगरपालिकाले क्षतिको मूल्यांकनको आधारमा सकेको सहयोग गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
पूर्वी चितवनमा लगाईएको झण्डै दुई हजार विघा क्षेत्रफलको केरा खेती पूर्ण रुपमा नष्ट भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो । उनका अनुसार पूर्वी चितवनका ८० प्रतिशत भन्दा बढि केरा नष्ट भई करौडो मूल्यको क्षति पुगेको छ । 


 

प्रतिक्रिया दिनुहोस