काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ ।
सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । ‘सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिदैनौं । यदि टेवल भए विपक्षमा मत हाल्छौं । राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ । सत्तारुढ दलहरुमध्ये एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी