काठमाडौँ । ज्ञानेन्द्र शाहीले नेतृत्व गर्दै आएको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ।
पदाधिकारी बैठकले राप्रपामा अभियानलाई समाहित गर्ने निर्णय अनुमोदन गरेको हो। समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार राप्रपाले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।
वार्ता समितिले शाही नेतृत्वको अभियानलाई समाहित गर्न प्रस्ताव गरेको थियो। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : ज्ञानेन्द्र शाही
मुलुकी अपराध संहिताको मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
पेट्रोलियम पदार्थ लुकाउने पेट्रोल पम्पलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग
‘सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो’: ज्ञानेन्द्र शाही
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग