काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए पास हुन नदिने बताएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन बिना एमसीसी पास हुन नदिने न्युज कारखानालाई बताएका हुन् । ‘एमसीसी पास हुँदैन र पास गराउँदैनौं । पास गर्ने वातावरण पनि बन्न दिदैनौं,’ एकीकृत समाजवादीका प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पूर्ववत अडान यथावत छ । संशोधन विना एमसीसी पास हुनै सक्दैन ।’
प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबारको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । कांग्रेसको मंगलबार विहान बसेको संसदीय दलको बैठकले पनि एमसीसी अनुमोदनको लागि प्रतिनिधिसभा बैठकमा टेवल गर्न सहमति दिएको छ ।
यसै सिलसिलामा सत्तारुढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने एमसीसी पास हुने वातावरण बन्न नदिने बताएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय