एजेन्सी । चिनियाँ राजधानी शहर बेइजिङमा आइतबार भारी मात्रामा हिमपात भएको छ । आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ ।
यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ । यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ ।
त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो । बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ । त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ फागुन २०७८, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात