काठमाडौँ । माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाउँदैछ ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध गरेको थियो । ०६२–६३ को जनआन्दोलपछि माओवादी जनयुद्ध पनि समाप्त भएको थियो ।
यही जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो ।
‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा