नवलपरासी । शनिबार नवलपरासी (पश्चिम) मा मोटरसाइकल दुर्घटनामा परेर दुई पुरुष गम्भीर घाइते भएका छन् ।
जिल्लाको प्रतापपुर गाउँपालिका–७ स्र्यपुराको भित्रि सडकखण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किँदा सोही पालिका–६ डिवानीका अन्दाजी ३५ वर्षका राजेश केवट र सोही उमेर समूहका नाम ठेगाना खुल्न नसकेका पुरुष गम्भीर घाइते भएका हुन् ।
उक्त सडक खण्डमा युपी ५६ एएल १५१४ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी दिए । नेपाली नम्बर प्लेट भएका मोटरसाइकल चालक केवट र भारतीय नम्वर प्लेट भएका मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते