आफ्नो माग पूरो नभए सशक्त आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १८ : ००
आफ्नो माग पूरो नभए सशक्त आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूले राखेको माग पूरा नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीले किसानको आन्दोलनका क्रममा सरकारले दमन गरेको, धेरै किसाष्न घाइते भएको, पक्राउ परेको भन्दै सरकारी दमनको विरोध गरेको छ । जनमत पार्टीले शुक्रबार सरकारलाई आफ्ना माग बुझाउँदै चाँडो किसानको समस्या समाधान गर्न आग्रह गरेको छ । 

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका ११ बुँदे माग सरकारलाई बुझाएको छ ।
 

प्रतिक्रिया दिनुहोस