पर्या-पर्यटन प्रवद्र्धनमा कुमरोज मध्यवर्ती सामुदायिक वनको सफलता चुलिदै

प्रकाश सिग्देल

शुक्रबार, २८ माघ २०७८, १६ : २८
पर्या-पर्यटन प्रवद्र्धनमा कुमरोज मध्यवर्ती सामुदायिक वनको सफलता चुलिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जपछि जिप सफारी सुरु गरेर पर्या -पर्यटन प्रवर्दनमा महत्वपुर्ण भुमिका खेलेको कुमरोज मध्यवर्ती सामुदायिक वन अहिले सफारी पर्यटनका लागि चर्चामा छ ।

यहाँ पछिल्लो समय जंगल सफारीमा आउने पर्यटको आर्कषण बढेको छ ।  जिप र हात्ती सफारी यहाँ हुने भएपछि दैनिक सयौ पर्यटकहरु सफारीका लागि कुमरोज पुग्ने गरेका हुन् । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष गणेश श्रेष्ठले बताए । यहि आम्दानी बाट उपभोक्ताको जिविको पार्जनका लागि समेत लगानी हुने गरेको उनि बताउँछन् ।

सौराहाका होटलहरुले पनि जिप सफारीका लागि पर्यटक कुमरोज लाने गरेका छन् । कुमरोजमा पछिल्लो समयमा बाघ गैँंडाको बासस्थान राम्रो हुँदै गएकाले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज जाने गरेको व्यवसायीहरु बताउँछन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँको सामुदायीक वनका कारण सौराहको पर्यटन बिकासमा पनि धेरै ठुलो योगदान पुगेको होटल भिष्टा चितवनका सन्चालक ढुन्डीराज सिल्वालले बताए ।

यहाँ थारु, दराई र गुरुङ होमस्टे (घरबास) संञ्चालन गरिएको छ । कुमरोज सामुदायिक वनमा दैनिक ५० वटा जीप सञ्चालन भइरहेका छन् । यस वनले संरक्षणमा सफलता हात पार्दै गएपछि पर्यापर्यटन यसको आम्दानीको श्रोत वनेको हो ।

प्रतिक्रिया दिनुहोस