भरतपुरको ट्राफिक व्यवस्थापनका लागि सेन्ट्रल कलेजले बनायो नयाँ योजना

राजमार्गमा राखियोे सचेतना मुलक ड्रम

प्रकाश सिग्देल

बुधबार, २६ माघ २०७८, १६ : ४३
भरतपुरको ट्राफिक व्यवस्थापनका लागि सेन्ट्रल कलेजले बनायो नयाँ योजना

चितवन । उच्च शिक्षाका लागि तेस्रो मुलुकमा अबसर खोज्नेहरुका लागि राम्रो अवसर दिदै आएको सेन्ट्रल कलेजले चितवनले नारायणगढ र भरतपुरका सडकहरुमा ट्राफिक सचेतना लेखिएका ड्रमहरु लगाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा बिगतको वर्ष देखी सुरु भएको सडकमा सचेतनामुलक डम्र राख्ने कार्यक्रम अन्त्रगत यस पटक पनि गत वर्षका ड्रममा नयाँ स्टिकर टाँस्ने र नया ड्रम थप्ने काम गरेको हो ।भरतपुरको क्याम्पस गेटमा भएका ड्रममा नयाँ स्टीकर टाँसेर सचेतना मुलक स्टीकर सहितको ड्र्रम राख्ने कामको सुरुवात गरिएको हो ।ड्रममा पानी भरेर बाहिरबाट बन्द गरी डममा बाहिर  टल्कने स्टिकरमा टाफिक सचेतनाका सन्देश सहित बिच सडकमा डिभाइडरका रुपमा ड्रम राखिएको हो ।

एक हप्ताभित्रमा भरतपुरको रिङ्गरोडका मुख्य क्षेत्रमा रहेका ५० वटाभन्दा बढी ड्रममा नयाँ स्टिकर राखिने र रामनगर लगाएत अन्य बढी ट्राफिक हुने स्थानहरुमा नयाँ थप गरिने कलेजका प्रिन्सिपल ‘वाइबी’ पौडेल (यज्ञविलास)ले जानकारी दिए ।

आफुहरुले ट्राफिक व्यवस्थापनमा सहजताक लागि बिगतका वर्ष देखी यो कार्यक्रम गरेको र यसका लागि आगामी वर्ष निरन्तरता दिईने उनले बताए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले दुर्घटना नियन्त्रणका लागि यस्ता किसिमका सचेतनाका बोर्डहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । यी ड्रमहरु निर्जिर्व भएपनि यसले सजिव ले जसरी ट्राफिक व्यवस्थापनामा काम गरेको उनको भनाई थियो ।  ट्राफिक प्रहरीहरु सबै ठाउँमा २४ सै घण्टा खट्न नसक्ने अवस्थामा यस्ता बोर्डले २४ सै घण्टा ट्राफिक सम्बन्धि सचेतना दिइरहने बताए ।

रातीमा टल्कने हुँदा यो धरै प्रभाबकारी बनेको उनको भनाई छ ।ट्राफिक प्रहरी एक्लैको प्रयासले दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापन गर्न नसकिने भएकाले निजी क्षेत्रको पनि सहयोग आवश्यक रहेको बताए । त्यसैअनुरुप सहयोग गरेकोमा सेन्ट्रल कलेजप्रति ट्राफिक प्रमुख थापाले आभार प्रकट गरे ।

जापानमा उच्च शिक्षा अध्ययनका लागी पहिलो नामका रुपमा परिचित यो कलेजले यस पटकबाट अस्टे«लिया ,अमेरिका,क्यानडा लगायतका देशमा पनि उच्च शिक्षाका लागी बिद्यार्थी पठाउने गरी काम गरेको छ । कलेजले जिल्लामा सामाजिक क्षेत्रमा पनि धेरै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । खेलकुद,स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा यसले महत्वपुर्ण योगदान गरेको छ । 

प्रतिक्रिया दिनुहोस