एजेन्सी । इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ । सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो ।
उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो ।उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ । तर इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ माघ २०७८, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए