एजेन्सी । इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ । सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ । सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो ।
उक्त सम्झौताको बृहत कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मंगलबार कुराकानी हुने बताइएको हो ।उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ । तर इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ माघ २०७८, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान