नारायणहिटीको बगैँचा र बङ्कर पुनर्निर्माण हुने

पत्रपत्रिकाबाट

मंगलबार, २५ माघ २०७८, ०८ : ५८
नारायणहिटीको बगैँचा र बङ्कर पुनर्निर्माण हुने

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने  भएको  छ । बगैँचा  मासेर  रेस्टुरेन्ट  सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो ।

नारायणहिटी  दरबार  सङ्ग्रहालय  तथा  गणतन्त्र  स्मारक  व्यवस्थापन  तथा  समन्वय  सञ्चालक  समितिले  तत्कालीन  राजा  महेन्द्रले  निर्माण  गरेको  बगैँचा  पुरानै  स्वरूपमा  निर्माण  गर्ने  जनाएको  छ ।  

सङ्ग्रहालयका  प्रवक्ता  बुद्धिबहादुर  गुरुङले  बगैँचालाई  थप  आकर्षक  बनाउने  विषयमा  छलफल  भइरहेको  बताए।
 “त्यत्तिकै  छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन  थाल्छ,”  उनले  भने,  “त्यही  भएकाले  बगैँचालाई  पुनर्निर्माण  गर्ने  तयारी  भएको हो । ”

नारायणहिटीपरिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन  दिइएको  समाचारपछि  बगैँचा  र  बङ्करप्रति  आमचासो  बढेको  छ ।  त्यही  भएर  दरबारभित्रको 'बगैँचा  र  बङ्कर’को  पुनर्निर्माणले  थप  आकर्षित  हुने  अपेक्षा  सङ्ग्रहालयको  छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस