काठमाडौं । स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं। अब करिब ९३ दिन बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’
मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिने प्रवक्ता पौडेल बताउँछन्। ‘आजैबाट अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ पौडेल भन्छन्, ‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरु गर्छौं।’
आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनलगायत व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको जनाइएको छ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २४७ मा यस संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग माग गरेको छ। स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७ सय ५३ वटै स्थानीय तहले माघभित्र विवरण आयोगमा पठाउन भनेको हो।
आयोगले आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ माघ २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त
आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय