काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जनाको आवेदन परेकोमा पाँच जनाको छनोट गरेको हो ।
छनोट भएका पाँच जनाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोट भएका छन् । उनीहरूसहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाईं, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित
इन्भेस्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने