कति छ आज विदेशी मुद्राको विनिमय दर ?

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, ११ : ०१
कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

यूरो एकको खरिद दर १३६ रुपैयाँ ४९ पैसा र बिक्री दर १३७ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ८० पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३७ पैसा र बिक्री दर ८४ रुपैयाँ ८० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ  कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस