चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, ०९ : ३९
चन्द्रागिरिमा  हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

काठमाडौं । चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो। ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८: ३० मा खबर भएको थियो।

त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।

महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस