आशिष सचिन गौतमको ‘सानो सानो कुरामा’ सार्वजनिक (भिडियो)

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १४ : ३९
आशिष सचिन गौतमको ‘सानो सानो कुरामा’ सार्वजनिक (भिडियो)

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ ।

डान्सिङ शैलीका गीतहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सिर्जना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो ।

पारिवारिक प्रेम कथामा आधारित रहेको सानो सानो कुरामा आशिषसँग असामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा आशिष र जुनलाई भर्खरै विवाह गरेको एक प्रेमील जोडीका रुपमा देखाइएको छ ।

उनीहरुबीचको मिस अन्डस्ड्याण्डिङ भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन् । हरेक घर , हरेक परिवार भित्र हुने माया र साना साना कुरामा रिस उठ्ने, माया लाग्ने शिलशिलालाई भिडियोमा गज्जब तरिकाले उठाइएको छ ।

भिडियो सार्वजनिक भए लगत्तै गायक आशिषले भारतको आसाममा पहिलो पटक नेपाली भिडियो छायांकन गरिएको बताए । निकै चुनौती मोलेर भिडियो छायांकन गर्दाको रमाइलो आँफूले शब्दमा वर्णन गर्न नसक्ने भन्दै खु्शी ब्यक्त गरे ।

फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस