काठमाडौँ । चुनावको औपचारिक मिति घोषणा गर्न ल्याङल्याङ भइरहेको छ । २०७९ जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने सहमति भएको चार दिनसम्म पनि सरकारले औपचारिक रूपमा मिति घोषणा गर्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच माघ १८ गते मंगलवार जेठ ४ मा स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगसँगको छलफलमा सरकारले २० गते बिहीवार मन्त्रिपरिषद्को बैठकबाट मितिको औपचारिक घोषणा गर्ने भद्र सहमति जनाएको थियो । तर बिहीवार मन्त्रिपरिषद्को बैठक नै बस्न सकेन । अब सोमवार बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने भाका सरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार जेठ ४ गते चुनाव गर्न सरकारले सहमति जनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि उत्साहित छ ।
जेठ ४ गतेको प्रस्ताव आयोगको मात्र नभई स्वयं प्रधानमन्त्री देउवाको समेत रोजाइको थियो । निर्वाचन आयोगले जेठ ४ को प्रस्ताव लग्नुअघि नै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको बागमती प्रदेश समितिका पदाधिकारीसँग जेठ ४ गते चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव