काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो ।
प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार(आज) मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएका थिए । त्यसै अनुरुप निर्वाच आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । तर, निर्वाचनको मिति घोषणा हुन सकेको छैन ।
सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ । आज मन्त्रिपरिषद्बाट स्थानीय तहको मिति तय हुने भनिएको भए पनि बैठक बसेको छैन । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ ।
एमसिसी पास गराउनु पर्ने दबाबमा रहेका देउवाले गठबन्धन दलहरुसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आकलन रहेको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरेहका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि देउवाले एमसिसी पास गर्न दबाब बढाइरहेका छन् ।
यदी त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलनमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा देउवाले निर्वाचन मितिबारे भन्दा पनि एमसिसी पास गर्ने विषयमा बढी जोड दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव