सिरियामा अमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु

एजेन्सी

विहीबार, २० माघ २०७८, १४ : ५९
सिरियामा अमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु

एजेन्सी । उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा  बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ ।

सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थियो ।

अल कायदालाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले  जनाएको छ । अमेरिकी हमलामा चार बालबालिका र तीन महिलासहित १३ जनाको मृत्यु भएको मानवअधिकारबादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीलाई बताए । 

प्रतिक्रिया दिनुहोस