काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘ननस्टप टाइम प्याक’ अफर ल्याएको छ । एनसेलका अनुसार ग्राहकहरुले मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सीमा भएका टाइम प्याकहरू लिन सक्नेछन् । ‘ननस्टप टाइम प्याक’ मा ग्राहकहरुले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् ।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउन थप दुई नयाँ डेटा प्याक ल्याएको कम्पनीले जनाएको छ । अनलाइन गतिविधिका निम्ति निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुने विश्वास कम्पनीको छ ।
यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु। ३० मा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउनेछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।
ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूलाई सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु। २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिला देखि नै मन पराउँदै आएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यी टाइम प्याकहरूको समयावधि ग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
नवीकरण भयो एनसेल