काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणकका निम्ति आवेदन आह्वान गरिएको छ ।
मंगलबार सूचना प्रकाशित गरी २१ सुपरिवेक्षक र २१० गणकका लागि आवेदन आह्वान गरिएको हो । सात दिनभित्र आवेदन दिन भनिएको छ ।आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक) मार्फत सोही प्रणालीमा तोकिएको सर्तानुसार यही माग २४ गतेभित्र दिई सक्नुपर्ने जनाइएको छ । भौतिक आवेदनहरू मान्य नहुने पनि जनाइएको छ ।
प्रणालीमार्फत प्राप्त भएका आवेदनहरू स्वीकृतपश्चात् व्यक्तिको इमेलमार्फत सीप परीक्षणका लागि जानकारी दिइनेछ । छनोट भएका उमेदवारहरूलाई अन्तर्वार्ताका लागि निजको इमेलमार्फत जानकारी गराइने महानगरले जनाएको छ । यो सूचनाअनुसार आवेदन फराम भर्दा कुनै शुल्क लाग्ने छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह